×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी पीडितहरुलाई न्याय दिलाउन सांसद दीपक गिरीको माग

PRIME CA

सहकारी पीडितहरुलाई न्याय दिलाउन सांसद दीपक गिरीको माग

१८ फाल्गुन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक गिरीले देशभरका सहकारी पीडितहरुलाई न्याय दिलाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सहकारी पीडितहरुलाई न्याय दिलाउने जिम्मा सरकारको भएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

‘अहिले नेपालमा ३१ हजार भन्दा बढी सहकारीहरुमा झण्डै १४ लाख सदस्यले खाइ नखाई बचत गरेको रकम डुबेको गुनासो गरिरहेका छन् । सहकारी पीडितहरुलाई न्याय दिलाउने जिम्मा पनि सरकारको हो । उनीहरुको बचत फिर्ता गराईयोस् ।’ उनले भने ।

त्यस्तै, उनले  ग्यालेक्सी टीभीका अध्यक्ष रहेको जीबी राई समूहले पोखराका १८ हजार बढी बचतकर्ताको १ अर्ब ३५ करोड रकम हिनामिना गरेको बताए । त्यसैगरी, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको समेत उनले बताए ।

सहकारीको पैसा हिनामिना गर्नेहरुलाई कडा कारवाही गर्न र पीडितहरुलाई उनीहरुको पैसा फिर्ता गराउन उनले माग गरे। उनले भने ‘जीबी राइ समूहले करिब ४९ हजार सर्वसाधारणको सात अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेको प्रहरीको अनुमान छ । आम जनताको अरबौं रकम कहिले र कसरी फिर्ता हुने हो ? दोषीहरुले कहिले सजाय पाउने हुन् ? सरकारले जवाफ दिनु पर्यो । सहकारीको पैसा हिनामिना गर्नेहरुलाई कडा कारवाही गर्न र पीडितहरुलाई उनीहरुको पैसा फिर्ता गराउन माग गर्दछु ।’

साथै, उनले पीडितहरु न्याय माग्न पैदल हिडेर काठमाडौँ आउनु पर्छ भने गाउँ गाउँमा सिंहदरबार भनेको के हो ? भन्ने प्रश्न गरेका छन् । ‘अहिले कैयौं साता पैदलै हिडेर मिटरब्याज पीडितहरु काठमाडौँ आउनु भएको छ । हामी संघीय प्रणालीमा गएका छौं , तर आम जनताले आफ्नो समस्या लिएर भोकै, प्यासै यो जाडोमा किन काठमाडौँ नै आउनु पर्ने ? गाउँ गाउँमा सिंहदरबार भनेको के हो ? ’ सांसद गिरीले भने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: