Skip to content
LAXMI SUNRISE BANK

प्रभु इन्स्योरेन्सले सेयरधनीलाई पाँच प्रतिशत लाभांश दिने

अर्थ सरोकार

काठमाडौं । प्रभु इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीको फागुन २० गते आइतबार बसेको संचालक समितिको बैठकले कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नियामक बीमा प्राधिकरण र इन्स्योरेन्सको आगामी साधारणसभाले आनुमोदन गरेपछि मात्रै सेयरधनीमा वितरण हुनेछ ।

कम्पनीले हाल कायम १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश घोषणा गरेको हो । लाभांश वितरणपछि चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ बढी पुग्नेछ ।

गत वर्ष कम्पनीले ६.७० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK