काठमाडौँ । बाराबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । चेकजाँच गर्ने क्रममा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले बारा महागढीमाई नगरपालिका–९ का ३५ वर्षीय राम बिनय सहनीबलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले एक हजार दरका आठ थान नक्कली नोट बरामद गरेको छ ।
बीआर ०५ जे २१८१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा नक्कली नोटसहित बिनयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बिनयको साथबाट भारतीय पाँच सयको सक्कली नोट र भारतीय नोट पाँच सयको साइजमा राखिएको सादा कागद दुई सय ८६ थान पनि बरामद गरिएको प्रहरीले जनाएको छ । हाल प्रहरीले पक्राउ परेका बिनयलाई खोटा चलनसम्बन्धी मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्