Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक पाए विश्वासको मत

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तेस्रो पटक विश्वासको मत पाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा उपस्थित भएका २६८ सांसदमध्ये १५७ सांसदले प्रचण्डलाई विश्वासको मत दिएका हुन् ।

त्यस्तै, प्रधानमन्त्रीलाई संसदमा उपस्थित ११० सांसदले विपक्षमा मत दिए भने १ सांसद तटस्थ बसेका थिए । पूरानो गठबन्धन भत्काएसँगै काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् । उनले यसअघि प्रतिनिधिसभाबाट दुईपटक विश्वासको मत पाएका थिए ।

यस पटक प्रधानमन्त्री दाहाललाई माओवादी, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK