काठमाडौं। रिपोटर्स क्लब नेपालले आफ्नो २६औं वार्षिकोत्सवको अवसरमा कोषाध्यक्ष ईश्वर कार्कीलाई विशेष पुरस्कारद्वारा सम्मान गरेको छ । क्लबको गरिमा, ख्याती र प्रतिष्ठा बृद्धिका लागि उत्कृष्ट कार्य सम्पादन गरेको र महत्वपूर्ण योगदान पुर्याएको भन्दै क्लबले एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।
शनिबार काठमाडौंको होटल एभरेष्टमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताम्रपत्र र नगदसहित उनलाई सम्मान गरेका हुन् । एक दशकदेखि क्लबको सञ्चालन र व्यवस्थापनमा सक्रिय रहँदै आएका कोषाध्यक्ष कार्कीले क्लबसँगै रिपोटर्स नेपाल डटकम न्यूजपोर्टलको सफल ब्यवस्थापन गर्दै आएका छन् ।
पुरस्कृत कार्की क्लबको गतिविधि र पत्रकारितासँगसँगै नेपाल रेडक्रस सोसाईटी, लायन्स क्लब, ब्लड डोनरर्स एसोसिएशन लगायतका विभिन्न सामाजिक संस्थाहरुमार्फत समाजसेवाको क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् । त्यसैगरी उनको नेतृत्वमा सञ्चालित एप हिमालय मार्फत उनी सूचना प्रविधि व्यवसायमा समेत सक्रिय रहँदै आएका छन्।
रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानन्यायधीस हरिकृष्ण कार्की, नेपाल सरकारका मन्त्रीहरु, सांसदहरु, सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, नागरिक अगुवासहित विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्