काठमाडौँ । तीन लाख रुपैयाँमा तीन युवती बेच्ने दुई युवक पक्राउ परेका छन् । आकर्षक तलबमा विदेश पठाइदिने भन्दै भारत लगेर एक लाख रुपैयाँका दरले तीन युवती बेच्ने दुई युवक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ का ३८ वर्षीय बच्चु विक सुनार र सोही ठाउँका ४७ वर्षीय दावा लामा रहेका छन् ।
उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । सीआईबीका अनुसार बच्चलाई चैत ५ गते कपन र दावालाई १६ गते टिकाथलीबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका बच्च र लामाले २०६४ माघ ५ गते तीन जना युवतीहरुलाई वीरगञ्ज हुँदै भारतको शहिदनगर लगेर एक लाख रुपैयाँका दरले बेचेको पाइएको सीआईबीले जनाएको छ । उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपोसारको मुद्दामा २०७८ फागुन १ गते बच्चुलाई २० वर्ष कैद र ३ लाख जरिवाना र दावालाई ६० वर्ष कैद र ६ लाख रुपैयाँ जरिवानाको फैसला भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्