काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले शाखा कार्यालय प्रकाशपुर, सुनसरीबाट सदस्यको मृत्यू बिमा दाबी रकम भुक्तानी गरेको छ । उक्त शाखाले सदस्य चितरनी लिम्बूको मृत्यु पश्चात कर्जाको म्यादी जीवन बीमा बापत छोरी सपना लिम्बूलाई बिमाङ्क तथा क्रिया खर्च रकम रु ५ लाख ७१ हजार ८८ रूपैंया बिमा दाबी रकम भुक्तानी गरेको हो ।
शाखा कार्यालय प्रकाशपुर केन्द्र नं ६० राजाबास मिर्मिरे महिला समुहमा आवद्द निज सदस्यको परिवारलाई सुर्य ज्योती लाईफ ईन्स्योरेन्स कम्पनीसँग बीमा सहकार्य गरेकोमा उक्त रकम बराहक्षेत्र नगरपालिका वडा नं ९ का वडा अध्यक्ष निरन्जन मण्डल चन्द्रवंशीले चेक मार्फत हस्तान्तरण गरेका हुन् ।
त्यस्तै, बीमा रकम हस्तान्तरण कार्यक्रममा प्रकाशपुर शाखा कार्यालय प्रमुख चन्द्रप्रकाश शाह, चक्रघटी शाखा प्रमुख रन्जित कुमार चौधरी, शाखाका कर्मचारीहरु सुस्मिता कुमारी भगत , सिमा साह तथा केन्द्र नं ६० का सदस्यहरु तथा स्थानीय भद्र भलादमीहरु र वडा सदस्य चतुर लाल चौधरी, भरत चन्द्रवंशीको समेत उपस्थिति रहेको थियो ।
दाबी भुक्तानी लिने क्रममा सपना लिम्बूले बीमा र नेरूडे मिर्मिरे लघुवित्तलाई आभार व्यक्त गरेकी थिइन् । साथै, उनले यस्तो किसिमका सुविधाले संस्था तथा सदस्यको परिवारलाई आर्थिक भार नहुने जनाएकी थिइन् ।