काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले विभिन्न कार्यक्रमको आयोजना गरेर गोल्बल मनी विक मनाएको छ । बैंकले देशका सातै प्रदेशमा रहेका विभिन्न स्कुल, कलेज, शैक्षिक संघ-संस्थाहरुसँगको समन्वयमा विभिन्न तहका विद्यार्थीहरुलाई लक्षित गर्दै १८ वटा कार्यक्रमहरु आयोजना गरेर ग्लोबल मनी विक मनाएको हो ।
सो बैंकले काठमाडौँ उपत्यकको हात्तीगौंडा, नयाँबानेश्वर, झापाको बुधबारे, सर्लाहीको लालबन्दी, तनहुँको दमौली, गोरखाको गोरखा बजार, नवलपरासीको सुनवल, स्याङ्जाको चापाकोट, कञ्चनपुरको महेन्द्रनगरमा वित्तीय साक्षरता, मोरङ्गको विराटचोक, धनुषाको जनकपुर, मकवानपुरको हेटौडा, कैलालीको धनगढी र लम्कीमा विद्यार्थीहरुलाई शाखा कार्यलयको अवलोकन भ्रमण गराएको छ । साथै, बाराको सिमरा, सुर्खेतको विरेन्द्रनगर, काभ्रेपलाञ्चोकको बनेपा र कपिलवस्तूको चन्द्रौटामा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्य सम्पन्न गरेको हो ।
त्यस्तै, कार्यक्रमहरुबाट देशभरका १३ सयभन्दा बढी विद्यार्थी प्रत्यक्षरुपमा लाभान्वित भएका छन । काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १ सय २३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटियममार्फत ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्