काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १६ सय रुपैयाँले बढेर १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १५ सय ५० रुपैयाँले बढेर प्रतितोला १ लाख ३० हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १५ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मुल्य १ लाख १२ हजार ८ सय २५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य १ लाख १२ हजार २ सय ६५ रुपैयाँ र १० ग्राम चाँदीको मुल्य १३ सय १६ रुपैयाँ रहेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्