काठमाडौँ । कुमारी बैंकले ‘ग्लोबल मनी विक २०२४’ को १२औँ संस्करणमा प्रभावकारि तरिकाले देशभरका ५४ सय सहभागिहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । वित्तीय साक्षरताको अभावमा अनौपचारिक वित्तीय संयन्त्रका विसंगतिका शिकार हुन पुगेका वा हुनसक्ने सम्पूर्ण समुदायहरुमा वित्तीय ज्ञानको सम्प्रेषण गर्दै वित्तीय कलामा सुधार ल्याई अब्बल वित्तीय मनोबृद्धि प्रर्वद्धन मार्फत कुसल वित्तीय व्यवहार विकासलाई प्रमुख लक्ष्यका रुपमा लिएको बैंकले जनाएको हो ।
बैंकले वित्तिय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन गरेको छ । साथै, वित्तिय साक्षरता तथा आचरण प्रर्वद्धनका लागि कर्मचारीहरुको प्रतिवद्धता कार्यक्रम, देशैभरि वित्तिय साक्षरताका आधार स्तम्भहरुको प्रशिक्षण सञ्चालन, वित्तिय साक्षरता तथा आचरण विकासका लागि सहभागिहरुलाई सपथ कार्यक्रम, बैंकको सामाजिक संजालमार्फत वित्तिय साक्षरता सम्बन्धि क्विज तथा जनचेतना विकासका सामाग्री प्रसारण, देशैभरि वर्षैभरि वित्तीय साक्षरता प्रर्वद्धनका लागि राष्ट्रिय स्तरमा स्थापित कलाकारहरुको अभिनय सहितको भिडीयो श्रृंखला तथा सामाजिक विषय वस्तुलाई झल्काउने प्रसंग समेटिएको पुस्तक सार्वजनिक जस्ता क्रियाकलापहरु संचालनमा ल्याएको थियो ।
त्यस्तै, ग्लोबल मनी विकको सप्ताहभरमा देशैभर रहेका आफ्ना शाखा कार्यलयहरुबाट १ सय २३ ओटा वित्तीय साक्षरता प्रर्वद्धनका लागि कुमारी बैंकले प्रशिक्षण कार्यक्रमहरु आयोजना गरेको हो । जसमा ५४ सय भन्दा बढी विद्यार्थी, विभिन्न संघ संस्था तथा समुदायमा आवद्ध सर्वसाधारणहरुले सहभागिता जनाएका थिए । कुमारी बैंकद्वारा अभियान अवधिभरमा कार्यान्वयनमा ल्याइएका समाग्रीहरु तथा सञ्चालन गरिएका विषय केन्द्रित क्रियाकलापहरुले ग्लोबल मनी विकको १२औँ संस्करणलाई जिबन्तता प्रदान गर्न सफल भएको देखिन्छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्