काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेसमा कडाइकासाथ एसईई परीक्षा सञ्चालन नहुँदा मधेश प्रदेश बदनाम भैरहेको उल्लेख गर्दै परीक्षालाई मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा २ मिनेट समय माग गरी बोलेका उनले केन्द्रबाट खटाइने प्रहरी प्रशासनका प्रमुखहरु, निरिक्षक र सबै अधिकारीहरुका कमजोरीका कारण परीक्षामा चिट चोर्ने लगायतका अनपेक्षित घटनाहरु बाहिर आएको तर,त्यसको मूल्य सिङगो मधेसले चुकाउन परेको बताए ।
उनले भने,‘अहिले मधेस आफैं एसईई परीक्षा हुँदा चीट चोर्नेहरुको चपेटामा पर्दैछ । यसको दोष मधेसले किन खेप्दैछ ? काठमाडौंमा सुनिन्छ ड्राइभिङ लाइसेन्स छैन् भने मधेस झरौं न पाइहाल्छ भन्ने छ । एसईई पास भएन भने त्यहाँ जाउ भइहाल्छ भन्ने छ ।
यहीबाट खटाइएको सिडिओ, एसपी निरीक्षक सबै अधिकारीहरुले छुट दिइरहेको छन् । तर त्यसको मूल्य मधेसले तिरिराखेको छ । यसको दोष हामी मधेसी होइन्, केन्द्रबाट खटाइने सबै अधिकारीहरु हुन् ।’ उनले मधेसमा हुँदै गरेको परीक्षालाई गम्भीरतापूर्वक लिई आवश्यक विधि, पद्दती र कडाइकासाथ परीक्षा गराउन माग गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्