×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ६.२६ अंकले घट्यो नेप्से परिसूचक, २ अर्ब ८७ करोडमाथिको सेयर कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबार ६.२६ अंकले घट्यो नेप्से परिसूचक, २ अर्ब ८७ करोडमाथिको सेयर कारोबार

Artha Sarokar

१९ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको दोस्रो  दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा आज नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १५ कम्पनीको ७२ लाख ९० हजार २ सय कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजारमाथिको सेयर कारोबार भएको छ । यस्तै, आज सबैभन्दा बढी कारोबार सर्वोत्तम सिमेन्टको भएको छ । यस कम्पनीको ४७ करोड २९ लाख १७ हजार ६ सय ३२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा माई खोला हाइड्रोपावर लिमिटेड, महुली वित्तीय संस्था लिमिटेड, तारागाउँ रिजेन्सी होटल्स लिमिटेड, प्रभु बैंक डिबेन्चर-२०८७ र दोल्ती पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची:

 

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार  सर्वोत्तम सिमेन्टको भएको छ । यस कम्पनीको ४७ करोड २९ लाख १७ हजार ६ सय ३२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, गुर्खाज फाइनान्स, पिपुल्स हाइड्रोपावर कम्पनी, माया खोला हाइड्रोपावर कम्पनी र सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै, सोमबारको सेयर बजारमा रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशले घटेको हो । रिभर फल्स पावरमा यस्तो गिरावट आउँदा हिमालयन हाइड्रोपावर लिमिटेड, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी, धौलागिरी लघुवित्त वित्तीय संस्था र एनआइसी एशिया ग्रोथ फण्ड-२मा पनि उच्च गिरावट देखिएको छ ।  हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी