×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा हर्क साम्पाङको एकल प्रदर्शन…

PRIME CA
GLOBAL IME BANK

काठमाडौँमा हर्क साम्पाङको एकल प्रदर्शन…

२० चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँमा एकल प्रदर्शन गरेका छन् । मंगलबार साम्पाङले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनले ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

साम्पाङ केही दिनअघि धरानको विकासका लागि योजना माग गर्न भन्दै काठमाडौँ आएका थिए । यसबीचमा उनले गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनसँग भेट गरिसकेको छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: