×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्यालयलाई नेपालीपन झल्किने नाम राख्न महानगरको निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विद्यालयलाई नेपालीपन झल्किने नाम राख्न महानगरको निर्देशन

२१ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयहरुलाई नेपालीपन झल्किने नाम राख्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै महानगरपालिकाले महानगर क्षेत्रभित्रका संस्थागत विद्यालयहरुलाई ७ दिनभित्र नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण गर्न निर्देशन दिएको हो ।

महानगरको सूचनाअनुसार विद्यालयको नामाकरण नगरे विद्यार्थी भर्ना प्रक्रिया नै रोकिदिने महानगरले चेतानवीसमेत दिएको छ ।

शिक्षा नियमावली, २०५९ को नियम १५४ तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै नाम परिवर्तन गर्न निर्देशन दिएको महानगरपालिकाले जनाएको छ ।

त्यस्तै, विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा निवेदन दिन पनि महानगरले निर्देशन दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी