Skip to content
LAXMI SUNRISE BANK

सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने

अर्थ सरोकार

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ३५ प्रतिशत लभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको चैत २० गते (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २४.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । कम्पनीले प्रस्ताव गरेको सो लाभांश नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK