×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाको कति ?

PRIME CA
GLOBAL IME BANK

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाको कति ?

२१ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । मंगलबार सामान्य घटेको सुनको मूल्य आज प्रतितोला १८०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ३१ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १८०० रुपैयाँले बढेर एक लाख ३३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन १८०० रुपैयाँले बढेर प्रतितोला एक लाख ३२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ६५ रुपैयाँले बढेर प्रतितोला १६१० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छपावाला सुनको मूल्य एक लाख १४ हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १३ हजार ४ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३८० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: