काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेका लागि कामदारको श्रम स्वीकृति एक घण्टामै पाइने व्यवस्था गरेको छ । विभागीय मन्त्री डोलप्रसाद अर्यालले सिंहदरबारस्थित मन्त्रालयमा आइतबार पत्रकार सम्मेलनमार्फत श्रम स्वीकृति एक घण्टामै पाइने घोषणा गरेका छन् ।
सबै कागजात अनलाइन सिस्टममा मिलाएर अपलोड गरेका सेवाग्राहीले एक घण्टाभित्रै श्रम स्वीकृति मोबाइल फोनमार्फत प्राप्त गर्ने उनले बताएका छन् ।
‘समयमा सबै डकुमेन्टहरु मिलाएर राख्नुभएको खण्डमा हाम्रो अहिलेको अध्ययनले २ मिनेट ४४ सेकेण्डमै उहाँले श्रम स्वीकृति पाउनेगरि हामीले काम गर्यौं । तर, कहिलेकाँही कम्प्युटर सिस्टममा ढिलाइ हुने भएकाले त्यसलाई पनि मध्यनजर गरेर हामीले एक घण्टा भनेका छौँ ।’, उनले भने, ‘कुनै पनि श्रमिकले आफ्नो डकुमेन्टहरु मिलाएर अनलाइनमा राखेको खण्डमा आफ्नो श्रम स्वीकृति आफ्नै मोबाइलफोनमार्फत प्राप्त गर्न सक्नुहुन्छ ।’
विगतमा विदेश जानुपर्ने बाध्यतात्मक अवस्थाका श्रमिकलाई श्रमस्विकृति मिलाइदिने प्रलोभनमा ठगीका घटनाहरु भएका छन् । यस्तो घटना हुन नदिन आफैंले प्रक्रिया पुरा गर्दा छिटो श्रम स्वीकृति पाइने सिस्टम सञ्चालनमा ल्याइएको उनले बताएका छन् ।
आफूले गरेको अध्ययनले फेनिस सफ्टवेयरको समस्याका कारण विगतमा १५ दिनजतिमा मात्रै श्रम स्वीकृति पाइने गरेको तथ्य पत्ता लगाएको पनि उनले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्