×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँ महानगरद्वारा इन्टर्नका लागि आवेदन माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

काठमाडौँ महानगरद्वारा इन्टर्नका लागि आवेदन माग

Artha Sarokar

२६ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले इन्टर्नका लागि आवेदन माग गरेको छ । सोमबार एक सूचना जारी गर्दै महानगरको कृषि तथा पशुपन्छी विभागले इन्टर्नका लागि आवेदन माग गरेको हो ।

महानगरपालिकाले स्वर्णिय योजना ‘एग्रो पुलिङ कार्यक्रम’मा महानगरपालिका क्षेत्रभित्रका कृषि भण्डारण, बिक्री स्थल, आयात, खपत लगायतको तथ्याङ्क सङ्कलन गर्नुपर्ने भएकोले इन्टर्न माग गरेको जनाएको छ । महानगरका अनुसार उक्त योजनाको लागि १५ जना जनशक्ति माग गरिएको हो ।

महानगरले माग गरेको इन्टर्नमा कृषि विषयमा स्नातक तह अध्ययनरत वा उतीर्ण भएको हुनुपर्नेछ । योग्यता पुगेका इच्छुक आवेदकले आगामी ७ दिनभित्र internship. kathmandu.gov.np मार्फत आवेदन दिन सक्नेछन् ।

अनलाइन फर्म भर्न कठिनाई भए ९८१४३०००२८ मा सम्पर्क गर्न पनि महानगरले आग्रह गरेको छ । साथै इन्टर्न विद्यार्थीले प्राप्त गर्ने सुविधा सम्झौता अनुसार हुने महानगरले जनाएको छ । यस्तो छ महानगरको सूचना:

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी