×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँको वायु विश्वमै अस्वस्थकर !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काठमाडौँको वायु विश्वमै अस्वस्थकर !

Artha Sarokar

२६ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँको वायु विश्वमै अस्वस्थकर रहेको पाइएको छ । स्वीजरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौँको वायु विश्वकै अस्वस्थकर सूचीमा तेस्रो स्थानमा परेको हो ।

आईक्यू एयरका अनुसार सोमबार बिहान काठमाडौँको वायु गुणस्तर १७३ रहेको छ । जुन मानव स्वास्थ्यका लागि हानिकारक रहेको चिकित्सकहरुले बताएका छन् ।

अझ त्यसमा पनि ललितपुरको खुमलटारमा वायुको गुणस्तर सबैभन्दा बढी अस्वस्थकर रहेको छ । हाल भारतको नयाँ दिल्लीको वायु विश्वमै सबैभन्दा अस्वस्थकर रहेको छ भने त्यसपछि थाइल्याण्डको चिङ्गमाईको वायु अस्वस्थकर मापन गरिएको छ । र यी दुई शहरपछि काठमाडौँको वायु सबैभन्दा अस्वस्थकर रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी