Skip to content
LAXMI SUNRISE BANK

धोबी खोलामा महानगरको सरसफाई अभियान… (फोटो-कथा)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खोलानाला सरसफाइ अभियानमा तिव्रता दिएको छ । शहर सुन्दर बनाउने अभियानमा लागेको महानगरले पछिल्लो केही समययता खोलानाला सरसफाइ गर्दै आएको छ ।

सोही अभियान अन्तर्गत चैत २७ गते (मंगलबार) महानगरले काठमाडौँको अनामनगर क्षेत्रको धोबी खोलामा सरसफाइ गरेको छ ।

महानगरका कर्मचारीले खोलामा फालिएका अनावश्यक फोहोर हटाउनुका साथै झाडी सफा गरेका छन् । खोलानाला अत्यन्तै दुर्गन्धित हुँदा पानीजन्य रोग बढ्नुका साथै सहरको सौन्दर्यतामा असर परेको भन्दै सरसफाई गरिएको महानगरले जनाएको छ । साथै महानगरले खोलानालामा फोहोर नगर्न पनि सबैमा आग्रह गरेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK