काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आफ्नो अडान नछोडेपछि सूचना नै टाँसेर बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जनाइएको छ ।
मंगलबार बिहान बसेको बैठकमा नेपाली काँग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेर दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए ।
तर, छलफलबाट पनि सहमति नजुटेपछि बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।