×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुरमा सुरु भयो विस्का जात्रा…(फोटो कथा)

PRIME CA
GLOBAL IME BANK

भक्तपुरमा सुरु भयो विस्का जात्रा…(फोटो कथा)

२७ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । विस्का जात्रा मंगलबारदेखि सुरु भएको छ । भक्तपुरको परम्परागत विस्का जात्रा भक्तपुरको पाँंचतल्ले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तानेसँंगै जात्रा औपचारिक रुपमा सुरु भएको हो ।

जिल्लाकै उल्लेख्य जात्रामध्येको विस्का जात्रा सुरुवातामा उल्लेख्य संख्यामा स्थानीय साँस्कृतिक झाकी र बजागाजासहित सहभागी भएका छन् । बर्सेनि नयाँं वर्षको चार दिनअघि चैत २७ गते पाँंचतले मन्दिर अगाडिबाट रथ तान्ने चलन छ ।

प्यागोडा शैलीमा बनाइएको करिव ३० फिट अग्लो तीनतले काठैकाठको भैरवनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने गरेको छ ।

रथलाई एकातिर ६ र अर्काेतिर चार वटा मोटोमोटो डोरी राखेर दुवैतिर तान्ने गरिन्छ । जात्राको पहिलो दिनलाई स्थानीय नेपाल भाषामा ‘द्यो क्वह विज्याइज्यू’ अर्थात देवता (रथ) तल सवारी हुने भनिन्छ । जात्राको पहिलो दिन रथलाई नगरको तल्लो साइटको टोलतिर लगिन्छ । त्यसैले उक्त साइटमा ६ र अर्काेतर्फ चार वटा मात्रै डोरी राखिने गरिन्छ । विस्का जात्रा नौ दिन आठ रातसम्म चल्ने गर्दछ । बाँकी तस्बिरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: