काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ३६ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७०० रुपैयाँले बढेर एक लाख ३७ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन ७०० रुपैयाँले बढेर प्रतितोला एक लाख ३६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १७१५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख १७ हजार ८ सय ८५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १७ हजार ३ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४७० रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।