×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आचार्यहरुको आयोजनामा कनकाईमा सप्ताह पुराण हुने, बुधबार केन्द्रीय अध्यक्ष बाबुराम आचार्यद्वारा उद्धघाटन

PRIME CA
GLOBAL IME BANK

आचार्यहरुको आयोजनामा कनकाईमा सप्ताह पुराण हुने, बुधबार केन्द्रीय अध्यक्ष बाबुराम आचार्यद्वारा उद्धघाटन

३ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आचार्य बन्धु सेवा समाजले कनकाई कोटीहोम माईधाममा सप्ताह पुराणको आयोजना गर्ने भएको छ । २०८१ साल बैसाख ५ गतेबाट शुरु हुने भनिएको पुराणको उद्धघाटन कौण्डिन्य गोत्रीय महासंघका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले गर्ने भएका छन् ।

अध्यक्ष बाबुराम आचार्य मंगलबार दिउँसो भद्रपुरको फ्लाईटमार्फत पुराणस्थलतर्फ जाने उनको सचिवालयले जनाएको छ । अध्यक्ष दिनेश आचार्यले पुराणका लागि प्रमुख अतिथीका रुपमा आउन लागेको केन्द्रीय अध्यक्ष बाबुराम आचार्यलाई भद्रपुर बिमानस्थलमा समाजद्वारा स्वागत गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।

आचार्य समाजले देशभर हिन्दू धर्म प्रबर्धनका लागि बिगतदेखी नै काम गर्दै आईरहेको छ । पुराण, मठ मन्दीर, पुजा-आजा, धर्मकर्ममा विश्वास गर्नुपर्ने आचार्य समाजले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: