×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार यस्तो छ विदोशी मुद्राको विनिमय दर… (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहीबार यस्तो छ विदोशी मुद्राको विनिमय दर… (विवरणसहित)

Artha Sarokar

६ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुुसार आज अमेरिकी डलरको भाउ बुधबारदेखि स्थिर छ । राष्ट्र बैंकले बिहीबार पनि अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ९६ पैसा तोकेको छ ।

त्यस्तै, यूरो एकको खरिद दर १४१ रुपैयाँ ९३ पैसा र बिक्री दर १४२ रुपैयाँ ५७ पैसा रहेको तोकिएको छ । बुधबार यूरोको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४५ पैसाका दरले कारोबार भएको थियो ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १४ पैसा र बिक्री दर १६६ रुपैयाँ ८९ पैसा तोकिएको छ । बुधबार खरिद दर १६६ रुपैयाँ ०५ पैसा र बिक्री दर १६६ रुपैयाँ ८० पैसाले कारोबार भएको थियो ।

यता कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा तोकिएको छ । बुधबार खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी