×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंक र टान गण्डकीबीच कर्जाहरुमा सहुलियत सहितको सेवा उपलब्ध गराउने सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गरिमा विकास बैंक र टान गण्डकीबीच कर्जाहरुमा सहुलियत सहितको सेवा उपलब्ध गराउने सम्झौता

Artha Sarokar

७ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सम्झौता भएको छ । बैंक र टानबीच सदस्य संस्थाहरूलाई बैंकको विभिन्न प्रकारका कर्जाहरुमा सहुलियत सहितको सेवा उपलब्ध गराउने सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार टानका सदस्यहरूलाई बैंकले अधिकतम  ५० लाख रुपैयाँसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियम अनुसार सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ । साथै, ५ लाख रुपैयाँसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउने बैंकले जनाएको छ ।

बैंकले सो सेवाले गर्दा टानका सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिएको छ । इच्छुक सदस्यहरूले आफूलाई पायक पर्ने गरिमा विकास बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिन सक्नेछन् ।

त्यस्तै, बैंकले टानको केन्द्रिय संगठनसंग काठमाडौँमा यस किसिमको सम्झौता गरिसकेको छ । बैंकको तर्फबाट क्षेत्रीय  कार्यालय पोखराका क्षेत्रीय  प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

साथै, यस सम्झौता पश्चात टानले गरिमा विकास बैंकलाई बैंकिङ पार्टनरको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी