काठमाडौं । अध्यापक डा. कुन्दन अर्यालले पछिल्ला केही वर्ष यता नेपाली मिडियामा निरन्तर प्रश्नहरु उठिरहेको बताएका छन् । ‘कतिपय प्रश्नहरु त सापेक्ष नै लाग्दछन्, तर ति प्रश्नहरुको संख्या घट्नुको साटो प्रतिदिन बढिरहेको छ, विषय गम्भीर बन्दै गएको छ, के मिडियाले आफूमाथि उठेका प्रश्नको उत्तर दिनु नै नपर्ने हो र ?, उनले भने-, ‘अहिले सबैले एकीकृत रुपमा उठाएको प्रश्न हो यो, व्याप्त आर्थिक मन्दीमा मिडिया पनि आर्थिक रुपमा कमजोर बनिरहेको देखिन्छ, यसको बहुआयामिक असर पनि देखिँदैछ ।’
यस्तै उनले आर्थिक मन्दीले मिडियाले पनि समाचार सामग्रीको गुणस्तर खस्काइरहेको पनि जिकिर गरेका छन् । सँगै देश कमजोर भएको बेलामा मिडिया बलियो भएर उभिँदा छिट्टै माथि उक्सिएको पनि बताएका छन् । ‘नेपालमा विकसित भइरहेको राजनीतिमा मिडिया र मिडियाले राजनीति गरेको विषय पेचिलो छ । राजनीतिक दलको अभिष्टमा मिडिया बहकिँदा जनमानस दिग्भ्रमित भइरहेका छन् । उनले कार्यक्रममा बोल्दै भने–, ‘राजनीतिक घटनाक्रमलाई प्रकाशन र प्रशारण गर्दा पक्ष र विपक्षमा मिडिया बाँडिएको छ ।’
यस्तै उनले जिम्मेवारीयुक्त पत्रकारिता र अभ्यास हुन नसकेको पनि बताएका छन् । साथै समयानुकुल कानूनी विधि र संरचना परिवर्तन नहुँदा पत्रकारिताको अभ्यासमा विकृति देखिन थालेको पनि बताए । अध्यापक डा.अर्यालले पत्रकारिताका व्यवसायिकताको अन्तरसम्बन्धहरुको गहन पुनरावलोकन गर्न आवश्यक रहेको बताएका छन् ।
यता पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले मिडिया अभिव्यक्ति स्वतन्त्रताको वाहक भएपनि जिम्मेवारीसँगै लैजान नसकिएको बताएका छन् । उनले मिडियालाई कानूनले बाँध्नुभन्दा पनि बढीभन्दा बढी जिम्मेवार बनाउन आवश्यक रहेको बताए ।
पूर्वमन्त्री रिजालले राजनैतिक दलहरुले सत्तामा र सत्ता बाहिर रहेको बेलामा व्यवहार फरक गरेको भन्दै यसको असर समाजमा पर्ने गरेको बताए । नेपालको राजनैतिक विकास र पत्रकारिताको विकास सँगसँगै भएकाले धेरै कुरा छुट्याएर हेर्न नसकिने पनि बताएका छन् । समग्र विकासको प्रवाहमा पत्रकारिताको विकासको लागि पनि कार्यक्रम बनाउन आवश्यक रहेको उनको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्