Skip to content
LAXMI SUNRISE BANK

सीईडीबी हाइड्रोपावरद्वारा ११.५७ प्रतिशत लाभांश घोषणा

अर्थ सरोकार

काठमाडौं। सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

लाभांश सम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले बैशाख ३१ गते साधारणसभा बोलाएको छ । सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहान ८ बजे सुरु हुनेछ ।

सभा प्रयोजनको लागि कम्पनीलेबैशाख  १९ गते बुक क्लोज गर्ने जनाएको छ ।तसर्थ, बैशाख १८ गतेसम्म कायम सेयरधनीले मात्र सभाामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK