Skip to content
LAXMI SUNRISE BANK

गुराँस लघुवित्तको नाफामा वृद्धि, यस्ता छन् अन्य सूचकहरु (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा आकर्षक वृद्धि भएको छ । लघुवित्तले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तले दुई करोड २४ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनी ५४ लाख ९१ हजार रुपैयाँ नोक्सानमा थियो ।

तेश्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको नाफासँगै अन्य सूचकहरुमा पनि सुधार आएको छ । गुराँसको खुद ब्याज आम्दानी पनि ६७.११ प्रतिशतले बढेर ५ करोड ६९ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, समिक्षा अवधिमा लघुवित्तले २ करोड ९७ लाख ३४ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जबकी गत वर्ष ५४ लाख ९७ हजार रुपैयाँ सञ्चालन नोक्सानमा थियो ।

चैत मसान्तसम्म आइपुग्दा गुराँस लघुवित्तको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २३ पैसा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK