काठमाडौं । बैंकिङ कसुर मुद्दाकी फरार प्रदिवादी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका ११ बस्ने करुणा शाही रहेकी छिन् । उनलाई ईलाका प्रहरी कार्यलय कोहलपुर बाँकेले बाँकेको बानियाभारबाट पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यलयका अनुसार शाहीलाई पक्राउ गरी बयान लिने काम भईरहेको र कागजात रुजु हुनेक्रममा रहेको छ ।
त्यस्तै, उनका श्रीमान् अर्जुनबहादुर खाँड ठकुरी पनि बैंकिङ कसुर मुद्दामा माघ २७ गते पक्राउ परेका थिए । उनलाई फागुन १५ गते जिल्ला आदलत बाँकेले धरौटीमा रिहा गरेको थियो । हाल उक्त मुद्दा विचाराधीन रहेको छ ।