Skip to content
LAXMI SUNRISE BANK

नेपाल पर्यटन बोर्डको सीईओ छनोट कार्य तत्काल नगर्न अन्तरिम आदेश जारी

अर्थ सरोकार

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट सम्बन्धी कुनै काम नगर्न नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले बैशाख १० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

बोर्डमा रिक्त रहेको सीईओ नियुक्तिका लागि गठित उपसमितिका सदस्य तथा बोर्ड सञ्चालक समिति सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयनसमेत गैरकानुनी भएको र छनोट उपसमिति पनि अवैधानिक रहेको भन्दै उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए प्रमाणसहित म्याद सूचना तामेल भएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र विपक्षीका हकमा आफैं वा प्रतिनिधि राखेर लिखित जवाफ पेस गर्न भनेको छ ।

 

 

 

 

 

 

 

उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले १० वैशाखमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

कुन्दन शर्मा मिश्रसमेतको निवेदनसहित मिसिल अध्ययन गरी अधिवक्ताहरू रमेश बडाल, रमेशप्रसाद धिताल र हरिप्रसाद मैनालीको बहस सुनेपछि न्यायाधीश पाण्डेको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

उक्त आदेशअनुसार के कसो भएको हो रु निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो रु माग बमोजिम

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK