×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि (विवरणसहित)

१३ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार इन्स्योरेन्सको नाफामा वृद्धि भएको छ । 

तेश्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको खुद नाफा ३३.८९ प्रतिशतले बढेर २९ करोड ५४ लाख ३३ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ६ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा सूर्यज्योतिको नाफासँगै खुद बीमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानी पनि बढेको छ । इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ३८.६८ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड ४४ लाख ५ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, कर्जा तथा लगानीबाट हुने आम्दानी ६१.९६ प्रतिशतले बढेर २ अर्ब २८ करोड ५० लाख ६० हजार रुपैयाँ पुगेको छ । कुल आम्दानी पनि ४४.१९ प्रतिशतले बढेर ८ अर्ब ८९ करोड ५६ लाख १४ हजार रुपैयाँ पुगेको छ । 

हाल सूर्यज्योतिको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ २० पैसाले बढेर ८ रुपैयाँ ६७ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ३१ पैसा छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: