Skip to content
LAXMI SUNRISE BANK

अन्तर बैंक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, नेपाल एसबिआई बैंक प्रथम

अर्थ सरोकार

काठमाडौं। नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको सभाहलमा अन्तर बैंक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको आयोजनामा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशमा अवस्थित १५ वटा वाणिज्य बैंकको सभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा अमित कोइराला र अनिल खत्री सम्मिलित नेपाल एसबिआई बैंक प्रथम भयो भने निकिता लुइटेल र गोपाल प्रसाद चापागाँई सम्मिलित नेपाल बैंक लिमिटेडले द्वितीय स्थान हासिल गर्दा नम्रता दाहाल र रुपेश पाण्डे सम्मिलित स्ट्याण्डर्ड चार्टर्ड बैंक तृतीय स्थान हासिल गर्न सफल भएको छ।

प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरुलाई वैशाख १४ गते नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय परिसरमा हुने वार्षिकोत्सव समारोहमा नगद, प्रमाणपत्र, ट्रफी तथा मेडलबाट पुरस्कृत गरिने छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK