×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महंगीदर भन्दा ब्याजदर कम हुन थालेपछि बैंकमा पैसा राख्नेहरु निराश, निक्षेप राख्नेहरु घट्न थाले !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महंगीदर भन्दा ब्याजदर कम हुन थालेपछि बैंकमा पैसा राख्नेहरु निराश, निक्षेप राख्नेहरु घट्न थाले !

Artha Sarokar

१४ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  बैंकहरुले मूल्य वृद्धिभन्दा कम ब्याज दिन थालेपछि निक्षेपकर्ताहरु निरूत्साहित हुँदै गएका छन् । केन्द्रीय बैंकको गत फागुनसम्मको तथ्यांकअनुसार चालु आर्थिक बर्षको सो अवधिसम्ममा मूल्यवृद्धि दर ६.०८ प्रतिशत भए पनि विभिन्न बैंकहरूले मुद्दती निक्षेपको अधिकतम ब्याजदर सो मूल्य वृद्धिदरभन्दा कम दिन थालेपछि निक्षेपकर्ताहरु निरुत्साहित हुन थालेका हुन् ।
निक्षेप निरुत्साहित हुन थालेपछि बैंकहरुमा पछिल्लो समय निक्षेप घट्नसमेत सुरु भएको छ ।
अझ बैंकहरुले थप ब्याज घटाउने गृहकार्य गर्न थालेपछि निक्षेपकर्ताहरु थप निराश बनेका छन् । निरन्तर घटिरहेको ब्याज जेठमा थप घटाउने तयारीमा बैंकहरु छन् ।
ब्याज घट्दा बैंकको आधार दर पनि घटी, ऋणसमेत सस्तो भएको भए पनि निक्षेपकर्ताहरु भने निराश देखिएका छन् । केहि महिनाअघिसम्म राम्रो ब्याजदर पाइरहेकाहरु अहिले ब्याज निकै तल आउन थालेपछि मुद्दती निक्षेपसमेत नवीकरण गर्न छोड्न थालेको बैंकरहरु बताउँछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी