काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको हो ।
कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस प्रदान गर्ने निर्णय गरेको छ ।
कम्पनीले सावधिक तथा सामूहिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु,केटाकेटी सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा,जीवन लक्ष्मी र जीवन उदय एकल) अन्तर्गत १० वर्षे अवधिसम्मका लागि ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ, १६ देखि २० वर्षका लागि ६० रुपैयाँ २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ, २६ देखि ३० वर्ष अवधिका लागि ८२ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि पनि ८२ रुपैयाँ बोनस दर कायम गरेको छ।
त्यस्तै, इन्स्योरेन्सले सावधिक जीवन बीमालेख (नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बीमा) अन्तर्गत १० वर्षे अवधिका लागि ६५ रुपैयाँ, ११ देखि १५ वर्षका लागि ६५ रुपैयाँ,१६ देखि २० वर्षका लागि ६५ रुपैयाँ, २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ, २६ देखि ३० वर्षका लागि ८२ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ८२ रुपैयाँ बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, सावधिक बीमालेख (जीवन समुन्नत) अन्तर्गत १० वर्षे अवधिका लागि ५६ रुपैयाँ, ११ देखि १५ वर्षका लागि ५६ रुपैयाँ, १६ देखि २० वर्षका लागि ५६ रुपैयाँ, २१ देखि २५ वर्षका लागि ६० रुपैयाँ, २६ देखि ३० वर्षका लागि ७० रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।
सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना) विकल्प १ (विकल्प २) अन्तर्गत १० वर्षे अवधिका लागि ६० रुपैयाँ, ११ देखि १५ वर्षका लागि ६० रुपैयाँ,१६ देखि १९ वर्षका लागि ६० रुपैयाँ, २० देखि २५ वर्षका लागि ६२ रुपैयाँ, २६ देखि ३० वर्षका लागि ६५ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।
कम्पनीले सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना) विकल्प १ (एकल बीमा शुल्क) अन्तर्गत १० वर्षे अवधिका लागि ५५ रुपैयाँ, ११ देखि १५ वर्षका लागि ५५ रुपैयाँ, १६ देखि १९ वर्षका लागि ५५ रुपैयाँ, २० देखि २५ वर्षका लागि ५७ रुपैयाँ, २६ देखि ३० वर्षका लागि ६० रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ६० रुपैयाँ बोनसदर प्रदान गर्ने निर्णय गरेको छ । अग्रिम भुक्तानी सावधिक (जीवन सम्वृद्धि) बीमा लेख अन्तर्गत १५ वर्षे अवधिका लागि ५० र २० वर्षे अवधिका लागि ५० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
यस्तै अग्रिम भुक्तानी सावधिक बीमालेख ९धनवर्षा १५ वर्ष, धन वर्षा २० वर्ष नौलो धन वर्षा, जीवन उन्नती, छोराछोरी र सदावहार जीवन० अन्तर्गत सबै बीमा अवधिका लागि ५० रुपैयाँ बोनस दर निर्धारण गरेको छ। कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन सम्वृद्धि) अन्तर्गत १० वर्षे अवधिका लागि ५१ रुपैयाँ,११ देखि १५ वर्षका लागि ५१ रुपैयाँ,१६ देखि २० वर्षका लागि ५१ रुपैयाँ,२१ देखि २५ वर्षका लागि ५१ रुपैयाँ,२६ देखि ३० वर्षका लागि ५१ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि ५१ रुपैयाँ बोनसदर प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी कम्पनीले अन्य (जीवन सारथि) बीमालेख अन्तर्गत १० वर्षे अवधि सम्मका लागि ६२ रुपैयाँ ११ देखि १५ वर्ष अवधिका लागि ६२ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ६२ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिका लागि ७२ रुपैयाँ र २६ देखि ३० वर्षे अवधिका लागि ८५ र ३० भन्दा माथि अवधिका लागि पनि ८५ रुपैयाँ बोनस दर कायम गरेको छ। कम्पनीले आगामी बीमांकिय मुल्यांकन नभएसम्मका लागि अन्तरिम बोनस दर उपरोक्त बोनस दर बमोजिम कायम गरिएको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्