Skip to content
LAXMI SUNRISE BANK

सिता एयरको जहाज आकस्मिक अवतरण, धावनमार्गमा समेत रोकिएपछि तानेर पार्किङसम्म पुर्‍याइयो

अर्थ सरोकार

काठमाडौं । हाइड्रोलिकमा समस्या देखिएपछि काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाज काठमाडौँ फिर्ता भएको छ ।  सोमबार विहान रामेछाप पुग्नुपर्ने सो जहाज काठमाडौं फर्काएर सो जहाजको आकस्मिक अवतरण गरिएको हो ।
विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार सिताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।
अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको थियो ।

सो हजार रामेछाप हुँदै लुक्ला जाने तयारीमा रहेको प्रवक्ता झाले बताए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK