काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २० कम्पनीको एक करोड १८ लाख ३८ हजार १ सय ५० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८० करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको भएको छ । यस कम्पनीको १८ करोड २४ लाख २८ हजार १ सय ९२ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।