×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली बैंक खाता खोलेर नक्कली कन्सलटेन्सीबाट ठगी धन्दा, ४२२ जना ठगिए, करोडौं असुल्ने २ पक्राउ ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नक्कली बैंक खाता खोलेर नक्कली कन्सलटेन्सीबाट ठगी धन्दा, ४२२ जना ठगिए, करोडौं असुल्ने २ पक्राउ ! 

Artha Sarokar

१८ बैशाख २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नक्कली कन्सल्टेन्सी चलाएर ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले धादिङको धुनीबेसीका ३१ वर्षीय जिवा गौतम भन्ने रमेश बयलकोटी र कालिकोटको छाप्रेका २७ वर्षीय दर्शन नेपालीलाई पक्राउ गरेको हो ।
कन्सल्टेन्सी सञ्चालककै जाहेरीपछि प्रहरीले रमेश बयलकोटीलाई महाराजगञ्जबाट र अर्का सञ्चालक दर्शन नेपालीलाई कागेश्वरी नगरपालिकाबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरुको साथबाट प्रहरीले ८४ थान राहदानी  र १८२ जनाको रेकर्ड पनि बरामद भएको छ ।
उनीहरुले विदेशमा कामका लागि पठाईदिने भन्दै कुल ४२२ जनालाई ठगेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए।
बुल्गेरिया, न्युजिल्यान्ड, रोमानिया, सर्बिया, क्रोएसिया लगायतका देशमा बैदेशिक रोजगारीका लागि पठाउने भन्दै उनीहरुले आफ्नो नक्कली नाम बताउने, अर्कै व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्ने र काम खोज्न आएकाहरुलाई ठग्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
उनीहरुले ४२२ जनाबाट प्रतिव्यक्ति १० लाख देखि १४ लाख रुपैयाँ लाग्ने बताउँदै सुरुमा प्रतिव्यक्ति ५० हजारदेखि ३ लाख रुपैयाँसम्म असुलेको प्रहरीको अनुसंदहनबाट खुलेको छ ।
उनीहरुले रकम संकलन गर्नका लागि कर्मचारी खटाउने गरेका थिए । कन्सलटेन्सी सञ्चालन गर्दा ललितजंग बम आफू ठगिएको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेपछि यस्तो रहस्य खुलेको हो ।
थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी