×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्यान्सर पीडितको उपचारका लागि ६५ हजार बढी रकम संकलन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

क्यान्सर पीडितको उपचारका लागि ६५ हजार बढी रकम संकलन

Artha Sarokar

१८ बैशाख २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । क्यान्सर पीडित विज्ञान बुढाको उपचारका लागि ६५ हजार सहयोग संकलन  विज्ञान बुढाको उपचारका लागि अहिलेसम्म ६५ हजार ६४७ रुपैयाँ रकम संकलन भएको छ ।

दुग्द विकास संस्थानमा कार्यरत तथा आर आर क्याम्पस राजनीति शास्त्र चौथो सेमेस्टरमा अधययनरत खिम बुढा मगरका शुपुत्र विज्ञान बुढालाई ब्लड क्यानसर भएपछि उनको उपचारमा आर्थिक अभाव भएपछि विज्ञानलाई बचाउन अभियान थालिएको थियो ।

चौथो सेमेस्टरको परीक्षा सकिएपछि छोराको उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली राजिव गान्धी क्यान्सर हस्पिटल, सेक्टर-छ, रोहिणी पश्चिममा चेक गरेपछि विज्ञानलाई क्यान्सर भएको पुष्टी भएको खिम बुढाले जानकारी दिएका छन् । विज्ञान उक्त अस्पतालमा हेमातो अनकोलोजी केयरमा उपचारतः छन् ।

ब्लड क्यान्सर पीडित विज्ञान बचाउ अभियानका संयोजक बाबुराम आचार्यले आरआर क्याम्पस चौथो सेमेस्टरका विद्यार्थीको अभियानबाट वा खिम बुढाको क्यूआरमा सोझै रकम सहयोग गर्न सकिने बताएका छन्। कलेजमार्फत सहयोग गर्दा कोषाध्यक्ष तपेन्द्र बहादुर थापाको क्युआर कोडमार्फत सहयोग गर्न संयोजक आचार्यले अनुरोध गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी