Skip to content
LAXMI SUNRISE BANK

‘सिधाकुराको समाचारका विषयमा सर्वाेच्चकाे आदेशले प्रेस स्वतन्त्रताप्रति चिन्तित हुने अवस्था सिर्जना भयाे’ : नाफिज

अर्थ सरोकार

काठमाडाैँ। सिधा कुरा डटकमको समाचार तथा युट्युबमा प्रशारण भएको सामाग्री हटाउन सर्वोच्च अदालतले आदेश दिएको विषयप्रति नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । नाफिजले एक विज्ञप्ति जारी गर्दै अदालतको यस्तो आदेशले  प्रेस स्वतन्त्रताप्रति चिन्तित हुने अवस्था सिर्जना भएको बताएको हो ।

‘नेपालको संविधानले मौलिक हक र कर्तव्य (भाग ३) अन्तर्गत धारा १९ मा सञ्चारको हकसम्बन्धी व्यवस्था गर्दै सोही धाराको उपधारा १ मा ‘विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्वप्रतिबन्ध लगाइनेछैन’ भनी स्पष्ट किटान गरेको सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट ‘सिधाकुरा’का उक्त सामग्रीलाई लिएर सोमबार भएको आदेशले प्रेस स्वतन्त्रताप्रति चिन्तित हुने अवस्था सिर्जना भएको हाम्रो ठहर छ ।’ मंगलबार नाफिजका सचिव दिपक भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

समाचारका विषयमा चित्त नबुझे त्यसको छानबिन गर्ने, कारबाही गर्ने निकाय हुँदाहँदै अदालतले लिएको कदमप्रति संघको आपत्ति रहेको नाफिजले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ- ‘समाचारजन्य सामग्रीको प्रकाशन र प्रसारणमा चित्त नबुझे, कैफियत भेटिए त्यसको अनुसन्धान र छानबिन गर्न तथा कारबाही समेत गर्ने छुट्टै निकाय (प्रेस काउन्सिल नेपाल) र कानुनी व्यवस्था समेत भएको सन्दर्भमा हतार हतार भएको सक्रियता र त्यसपश्चातका घटनाक्रमप्रति हामी चासो व्यक्त गर्दछौँ । साथै, यससम्बन्धी जिम्मेवार निकाय प्रेस काउन्सिलले समेत उक्त सामग्रीको अनुसन्धान नै नगरी एक पक्षीय उजुरीकै आधारमा तत्कालै समाचार सामग्री हटाउन दिएको २४ घण्टे निर्देशनप्रति हाम्रो आपत्ति छ ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK