काठमाडौँ । साउन १ गतेदेखि विद्युत शवदाह नि:शुल्क हुने भएको छ । पशुपति आर्यघाटमा रहेको विद्युत शवदाह आगामी साउन १ गतेदेखि नि:शुल्क हुने भएको हो ।
पैसाका कारण समस्या नपरोस् भन्ने उद्देश्यले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै विद्युत शवदाह नि:शुल्क गर्ने निर्णय गरेका हुन् । सदस्य सचिव डा.थापाले पशुपतिनाथ मन्दिरको सम्पत्ति फिर्ता गर्ने बताएका छन् ।
उनले भने, ‘३० वर्षसम्म नबोल्ने भगवानको सेवा गरेँ, तर बोल्ने भगवान कहाँ न्याय माग्न पुगेपछि न्याय पाएँ । सम्पूर्ण न्यायमूर्तिप्रति हार्दिक आभार व्यक्त गर्छु । अब भगवान पशुपतिनाथको सेवामा अहोरात्र खटिनेछु ।’
विद्युतीय शवदाहका लागि हाल ४ हजार ५ सय शुल्क लाग्ने गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्