Skip to content
LAXMI SUNRISE BANK

बिहीबार २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पाँचौ दिन बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन, आज २ हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १७ हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १६ हजार ४ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय १० रुपैयाँमा कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK