काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आईटी क्षेत्रलाई अझै प्राथमिकतामा राख्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौँमा ७ औँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना बोकेको आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न आवश्यक रहेको बताएका हुन् ।
उनले कारोबारहरूलाई अनलाइन माध्यमबाट गर्नुपर्नेमा जोड दिएका छन् । अध्यक्ष ढकालले अनलाइनबाट कारोबार गरे पारदर्शी हुने र सहज हिसाबले काम गर्ने वातावरण बन्ने उल्लेख गरेका छन् । यो ठूलो लगानीबिनै विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना बोकेको आईटी क्षेत्रलाई सरकारले थप प्राथमिकता दिनुपर्ने उनी बताउँछन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने, ‘आइटीको क्षेत्रमा हेर्दा हामी कतिपय पूर्वाधार, ठूलो लगानी नभइकन विदेशी मुद्रा भित्र्याउनसक्ने सम्भावना रहेको छ । यसलाई सरकारले अझै प्राथमिकतामा राखेर यो क्षेत्रमा लाग्नुपर्छ । हामीले जति पनि कारोबारहरू हुन्छ, कारोबारहरू पारदर्शी गर्ने हिसाबमा पनि निजी क्षेत्रको तर्फबाट एउटा फेसलेस भनौँ, डिजिटल माध्यमबाट जानसक्यो भने पारदर्शिता हुन्छ । सहज हिसाबले काम गर्ने वातावरण बन्छ । डिजिटल सिग्नेचरको कुरा हामीले उठाइरहेका छौँ, यसलाई अझै कार्यान्वयनमा ल्याउन त्यत्तिकै महत्वपूर्ण छ ।’
उनले आईटी क्षेत्रलाई लगानी सम्मेलनमा प्राथमिकताका साथ सरकारले लिएका प्रति खुशी व्यक्त गर्दै त्यो महत्वपूर्ण भएको जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्