काठमाडौँ । विश्व कमोडिटी बजारमा मकैको भाउ तीन महिनायताकै महँगो भएको छ । सिकागो बोर्ड अफ ट्रेड (सीबीओटी) मा २६ महिना यताकै उच्च भाउ अर्थात यूएस कर्न फ्युचरका मूल्य प्रति बसेल ४ डलर ६० सेन्ट र कर्न फ्युचर्स ४ डलर ६८ सेन्ट पुगेको हो ।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार विश्वको सबैभन्दा ठूलो गहुँ आपूर्तिकर्ता रूसमा सुख्खा मौसमको अवधि बढ्ने चिन्ता, मकैमा लागेको रोग, अर्जेन्टिनामा श्रमिकहरूको जारी हडताल र ब्राजिलमा आएको ठुलो बाढीले ठुलो परिमाणमा मकै र भटमास नष्ट भएपछि मकैको भाउमा यस्तो बढोत्तरी देखिएको हो ।
अन्तर्राष्ट्रिय अन्नबाली काउन्सिल (आईजीसी) ले बिहीबार नै सन् २०२४/२५ को सुरुवाती सिजनमा विश्वभर रेकर्ड नै ब्रेक हुनेगरि मकैको भाउ बढ्ने अनुमान गरेको थियो ।
नेपालमा भने कमोडिटी बजार अझै पनि अवैध छ । सरकारले लाइसेन्स दिने तयारी गरे पनि नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नहुँदा यो विषय अहिले ओझेलमा छ ।