काठमाडौँ । नेपाल आइडलका विजेता गायक रबि ओडलाई प्रहरीले नियन्त्रण गरेको छ । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा ओडलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार ओड आफैँले प्रहरीमा आत्मसमर्पण गरेका हुन् । हाल उनीमाथि ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै गत चैत २० गते उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा ओडविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको थियो ।