×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषको एक्स्क्लुसिभ बैंकिङ पार्टनरमा एनआईसी एशिया बैंक, अव ‘नागरिक पेन्सन योजना’ बैंकबाट

LAXMI SUNRISE BANK

नागरिक लगानी कोषको एक्स्क्लुसिभ बैंकिङ पार्टनरमा एनआईसी एशिया बैंक, अव ‘नागरिक पेन्सन योजना’ बैंकबाट

११ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लगानी कोषको ‘नागरिक पेन्सन योजना’ को कारोबार एनआईसी एशिया बैंकबाट मात्र हुने भएको छ । कोषले एक्स्क्लुसिभ बैंकिङ पार्टनरमा एनआईसी एशिया बैंकलाई नियुक्त गर्ने सम्बन्धि समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल शुक्रबार हस्तारक्षर गरेका छन् ।
देशको अग्रणी सार्वजनिक वित्तीय संस्था नागरिक लगानी कोषसँग हातेमालो गरी पेन्सन योजनाको एक्स्क्लुसिभ बैंकिङ पार्टनर हुन साझेदारीले आम सर्वसाधरण नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ । नागरिक पेन्सन योजना सम्बन्धि काराेबार एनआईसी एशिया बैंकसँग मात्र गर्ने सर्तसहित समझदारी भएकाेले अरू बैंकबाट याे बाराेबार नहुने बैंक स्राेतले बतायाे ।
यस पेन्सन योजना अन्तर्गत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू सहभागी हुन सक्नेछन् । ‘जवानीमा कमाऔं, जमाऔं र बुढेसकालमा रमाऔं’ भन्ने नाराको साथ ल्याईएको उक्त योजनामा सम्पूर्ण नेपाली नागरिकहरू सहभागी हुन सक्नुहुनेछ । यस योजनाका सहभागीहरूले न्यूनतम मासिक रू. ५०० देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा मासिक किस्ता रकम जम्मा गर्न सक्ने प्रावधान रहेको छ ।
पेन्सन योजनामा सहभागी हुनेले एनआईसी एशिया बैंमा रहेको कोषको खाता नम्बर ०५४४१५१०३५२१७०१२ मा किस्ता रकम जम्मा गर्न सक्नेछन् । बैंकले निकट भविष्यमा कोषसँगको सहकार्यमा विद्युतीय भुक्तानी सेवामार्फत नागरिक पेन्सन योजनाका सहभागीहरूले बैंक नै नगई जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन माध्यमबाट किस्ता रकम भुक्तानी गर्न मिल्ने तयारी गरिरहेको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी