Skip to content
LAXMI SUNRISE BANK

नीति तथा कार्यक्रमः सेयर बजारका समस्या समाधान गरिने, लघुवित्तका ऋणीको कर्जा पुनर्तालिकीकरण हुने !  

अर्थ सरोकार

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सेयर बजार सुधारको एजेण्डा पनि समावेश गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१ ८२ को नीति तथा कार्यक्रममा सेयर बजार सुधारको एजेण्डा समावेश गरिएको हो । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले सेयर बजारमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझाव कार्यान्वयन गरिने घोषणा गरेका छन् । 

त्यस्तै, राष्ट्रपति पौडेलले बैंक तथा वित्तिय संस्था, लघुवित्त, सहकारी र बीमा क्षेत्रमा देखिएका समस्या समाधान गरिने पनि घोषणा गरेका छन् । 

साथै पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएको समस्या समाधानका लागि आगामी वर्षमा लघुवित्तका ऋणीहरुको कर्जा पुनर्तालिकीकरण तथा पुनःसंरचना गरिने पनि राष्ट्रपति पौडेलले घोषणा गरेका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK