×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोष र चिरायु हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नागरिक लगानी कोष र चिरायु हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता

Artha Sarokar

२ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नागरिक लगानी कोष र चिरायु हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । नागरिक लगानी कोष र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रालिबीच कोषका सहभागी, सेयरधनी, कर्मचारी र उनीहरूका आश्रित परिवारलाई चिरायु हस्पिटलमा औषधोपचारमा छुट दिने सम्झौता भएको हो ।

सो सम्झौता अनुसार कोष सञ्चालक समितिका सदस्य, कोष कर्मचारी, र कर्मचारीका आश्रित परिवारले बेडमा १०, डायग्नोस्टिकमा १०, औषधि खरिदमा ५ प्रतिशत छुट पाउने छन् । साथै, उपत्यका भित्र निःशुल्क एम्बुलेन्स सेवा समेत उपलब्ध गराइने छ ।

त्यस्तै, सहभागी र सहभागीका परिवारलाई  बेडमा १०, डायग्नोस्टिकमा १०, औषधि खरिदमा  ५ र एम्बुलेन्स सेवामा २५ प्रतिशत छुट दिइने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

उक्त सम्झौतामा कोषको निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ र हस्पिटलका तर्फबाट अपरेसन डाइरेक्टर सिएन वैद्यले हस्ताक्षर गरेका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी