Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

अर्थ सरोकार

काठमाडौं । आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १६०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ३९ हजार ३ सय  रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १६०० रुपैयाँले बढेर एक लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १५५० रुपैयाँले बढेर प्रतितोला एक लाख ४० हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ११० रुपैयाँले बढेर प्रतितोला १९१० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २० हजार ८ सय रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख २० हजार दुई सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६३६.५० रुपैयाँ कायम गरेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK