Skip to content
LAXMI SUNRISE BANK

 विश्व बैंकमा रोजगारीको अवसर, दिने होइन त आवेदन ?

अर्थ सरोकार

काठमाडौँ । विश्व बैंकले नेपालका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै सिनियर अपरेशन अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले सो पद दुई वर्षे अवधिका लागि हुने जनाएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले उक्त पदका लागि सम्बन्धित सङ्कायमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । बैंकका अनुसार आवेदकसँग ८ वर्षको काम गरेको अनुभव हुनुपर्नेछ ।

उक्त पदमा काम गर्ने कर्मचारीले कन्ट्री डाइरेक्टर र अपरेशन म्यानेजरसँग सहकार्य गर्दै नेपाल सरकार र नेपाल सरकारका सरोकारवाला निकायहरूसँग आवद्ध हुँदै काम गर्नुपर्नेछ ।

योग्यता पुगेका आवेदकले अनलाइन मार्फत जेठ ११ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK